भारतमा भएको एक सर्वेक्षणबाट युवाहरु फेसबुक र ट्विटरजस्तो सामाजिक सञ्जाल साइटहरुबाट बोर हुदै गएको नजिता सार्वजनिक भएको छ । २ हजार भन्दा बढि युवाहरुलाई सोधिएको प्रश्नमा ६५ प्रतिशत भन्दा बढिले उहि प्रकारका कुनै महत्व नराख्ने स्टाटस र कमेन्टहरु अपडेट गर्दा गर्दा आफुहरु बोर भएको उत्तर दिएको बताइएको छ । त्याहाँको उद्योग संगठन एसोचैमले गरेको सर्वेक्षणमा १२ देखि २५ वर्ष उमेर समुहको युवाहरुलाई संलग्न गराइएको थियो ।
एक भारतिय वेबसाइटले संगठनलाइ उदृत गर्दै लेखेको छ ‘सर्वेक्षणमा संलग्न अधिकांशले सामाजिक सञ्जालको तुलनामा अचेल युवाहरु जानकारीमुलक, मनोरञ्जनात्मक, इमेल, गेमिङ साइटहरुमा आवद्ध हुन थालेका छन् ’ । उक्त साइटको अनुसार अहिले पहिलेको तुलनामा कमेन्ट र स्टाटसहरु माथिको रिएक्शन घट्दै गएको छ । यसै गरि सो सर्वेक्षणबाट युवक भन्दा युवतीहरुमा सामाजिक सञ्जालप्रतिको क्रेज बढी रहेको नतिजा समेत निस्किएको छ ।
