नेपाली युवा सक्षम छन् । ति पनि केहि गरि देखाउन चाहन्छन् । यि र यस्ता कुरा कुरामै मात्र सिमित भइरहेको बेला केहि युवाहरु मिलेर त्यसलाई सिद्ध पार्ने कार्यमा लागेका छन् त्यो पनि कम्प्युटर युगमा ‘नशा’ मानिरहिएको सोसीयल नेटवर्किङ्ग साइटको एक अंश ट्वीटरको प्लाटफर्ममा । ‘ट्वीट फर कज’ नाम दिएर ‘प्रत्येक अनुहारमा हासो ल्याउने उद्देश्य’ (a mission to bring smile on every faces!) भन्ने नारा साथ समाजसेवा गर्न लागि परेका छन् केहि युवाहरु ।
समाजसेवाको उद्देश्यमा ‘ट्वीट फर कज’ अभियानका लागि सार्वजनिक गरिएको प्रस्तावनाको अनुसार अभियानमा सहभागी ट्वीटर प्रयोगकर्ताले उक्त सोसियल मिडिया(ट्वीटर)मा ट्वीटेका प्रति ट्वीट २० पैसा(नेपाली)का दरले अभियानको खातामा जम्मा पार्नु पर्ने हुन्छ । जुन रकम प्रत्येक अङ्ग्रेजी महिनाको २५ देखि २९ गते भित्र संङ्कलन गरिने छ । अभियानमा सहभागी हुनका लागि अभियानको लागि तयार पारिएको ट्वीटर एकाउन्ट @tfcNepal लाई फलो गर्नु पर्दछ । कुनै पनि ट्वीटर प्रयोगकर्ताले उक्त एकाउन्ट फलो गरे पश्चात विशेष अनलाइन काउन्टिङ्ग प्रविधि प्रयोग गरेर उक्त फलोअरको ट्वीट काउन्ट गर्ने व्यवस्था गरिन्छ । उक्त फलोअरले गरेको ट्वीटको संख्याको आधारमा प्रत्येक तिन महिनाको २५ देखि २९ तारिख (अङ्ग्रेजी महिना) भित्र प्रति ट्वीट २० पैसाको दरले जम्मा ट्वीटको रकम सङ्कलन गरिने छ । यसरी जम्मा गरिएको रकम र ट्वीट संख्या पुर्ण पारदर्शी गरिने बताइएकोले पनि प्रभावकारी देखिन्छ । यो अभियानको सुरुमै यसका संस्थापकहरुले एक हजारका दरले ४ हजार रुपैयाको फन्ड तयार गरेका छन् ।
यसरी ‘ट्वीट फर कज’ अभियान अन्तर्गत जम्मा गरिएको रकम बृद्धाआश्रम, अनाथालय, सरकारी विद्यालय, सडक बालबालिका र पूस्तकालयहरुका लागि खर्च गरिने अभियानकर्ताहरुले तयार पारेको प्रस्तावमा लेखिएको छ ।
नेपालमा इन्टरनेट प्रयोगकर्ता उति साह्रो धेरै छैनन् (पहिले भन्दा बढि त अवश्य छन् तर ति पनि अरु देशहरुको तुलनामा पक्कै कम हुन्) , इन्टरनेट चलाउनेहरु मध्ये धेरै सोसीयल नेटवर्कमा रमाए पनि त्यसमा ट्वीटरको स्थान त्यति छैन । फेसबुकको एकछत्र राज छ । मोबाइलबाट इन्टरनेट(जिपिआरएस) चलाउनेहरु त झन् मिग३३ र च्याटमै रमाउछन् । वेबसाइटहरुको र्याङ्क हेर्ने साइट एलेक्साको तथ्याङ्कले पनि फेसबुक नेपालको नम्बर १ वेबसाइट भएको बताउछ अनि टपटेन भित्र ट्वीटर पर्दैन, पर्छ त एघारौ नम्बरमा त्यसैले पनि कति रकम जम्मा हुन सक्छ त ? भन्ने कुरामा अझ ओझेल हुने अवस्था छ । अनि @tfcNepal फलो गर्ने सबै फलोअरले पैसा दिन्छन् नै भन्ने पनि छैन । तर केहि नहुनु भन्दा थोरै भएपनि हुनु अवश्य पनि राम्रो हो र यो राम्रो काम सुरु गरेकोमा ति ट्वीटरका नेपाली युवाहरुलाई धन्यबाद छ । केहि अघि मात्र पनि नेपाली छोरी अनुराधा कोइरालालाई सिएनएन हिरो बनाउन सोसियल मिडियाले ठुलै खेल खेल्यो , इजिप्टमा पनि सत्ता परिवर्तननै गरिदियो अब हेरौ’ट्वीट फर कज’ अभियानले केहि कमाल गर्छ कि त्यसै सेलाएर जाने हो भविष्यको गर्भमा छ तर अहिलेलाई भने पोजिटिभ सोचौ, यस्तो राम्रो काममा हामी(संस्थापकको मात्र रहेन अब त्यो अभियान) पक्कै सफल हुने छौ, जय युवा! । अन्त्यमा तिनिहरुकै अर्को नाराबाट बिट मारौ ‘सहयोगहरु तपाइको एक ट्वीटबाट सुरु हुन्छन्’ (‘ Charity begins with your single tweet‘)
