Category Archives: Poem

किरानामा बिक्छ माया [POEM]

पोल्दछ गरिबि
बिज्छ अभाव
जब,
किरानामा बेचिन्छ माया र
कौडिमा बिक्छ चाह
अनि
चाह बेचेर पनि
माया किन्न सक्दिन म
बरु, आँफु बिक्न सकौंला
तिमि बराबर मोल पाउछु भने

चुँडिन्छ सपना
बिलाउछ विश्वास
जब,
स्वार्थ अंकुराँउछ हृदयमा र
बादल लाग्छ सम्मानमा
अनि
चोखो हृदयको कम्पनले पनि
सम्मान स्याहार्न सक्दिन म
बरु आँसु चुहाउन सक्छु
कसैलाई बिजाएँ भने

नोटबुक कविता #1

चुँडिएको हृदय मेरो त्यतै कतै हिड्दैछ कि ?
भुलिएको सपना मेरो त्यतै कतै उड्दैछ कि ?
हेरीदेउ नजर डुलाइ तिमि,
हराएको चाहना मेरो त्यतै कतै झुल्दैछ कि ? Continue reading नोटबुक कविता #1

शकुनी अचेल फेसबुक चलाउछन् [कविता]

युद्ध गर्न अचेल बन्दुक चाइन्न
द्वोष देखाउन अचेल षडयन्त्र बनाइन्न
प्रत्येक शकुनीले अचेल फेसबुक चलाउछन्
तिर-बाँण भन्दा तिखो पोस्ट गर्छन्
एक स्टाटसले ठहरै पार्छन् Continue reading शकुनी अचेल फेसबुक चलाउछन् [कविता]

पानी [poem] #water

कहिले किसानको खुसि बनी बर्सन्छ ।
कहिले दुखिको आँसु बनि तप्किन्छ ।

कहिले प्रयोगशालाको ज्यान बनी हाँस्ने ।
कहिले हजारौ लास तैराउने बाढिको छाल बनी रुने ।

यहि कसैको प्राण बन्छ र यसैले कसैको प्राण लिन्छ ।
यहि मात्र बुझ्दो हो कसरी कसका लागि के बन्ने ?

मेरो के दोष ?

बताउन खोजे, सुनिनौ त, मेरो के दोष ?
देखाउन खोजे, आँखा घुमायौ त, मेरो के दोष ?
अचाक्लि गर्छौ भन्ने तिमी बुझ्ने गर कहिले काँहि
ढाँटि ढाँटि मन, सम्झन्छ तिम्लाइ त, मेरो के दोष ??

ईन्धन=माया

उड्दा उड्दैको चङ्गा चुडियो अनि फुल्दा फुल्दैको फुल ओइलियो
हाँस्दा हाँस्दै उ मौन भइ अनि गन्तव्य सिकार गर्न तम्सने
यो साईकल चढ्ने केटो ईन्धन अभावमा रोकियो

तर अहं तिमिलाई मैले मन पराएकै छैन

झल्यास्स बिउझिन्छु आधी रात अनि सम्झन्छु
सपनीहरुको बिचमा सदा खोजेको हुन्छु तिमिलाई
तारा जुन अनि जुनकिरिको उज्यालोको सहारामा
तिम्रो स्केच सम्झन्छु, पखाली हजारौ अभिलाषाहरु
तर अहं तिमिलाई मैले मन पराएकै छैन Continue reading तर अहं तिमिलाई मैले मन पराएकै छैन